वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु

2020-08-05

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार १८ वर्षकी ती युवतीको मंगलबार राती मृत्यु भएको हो। उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ आएको हो।

पर्साको पोखरिया नगरपालिका–९ की ती युवतीलाई सोमबार पटकपटक बान्ता हुने समस्या देखिएपछि उपचारका लागि नेसनल मेडिकल कलेजमा लगिएको थियो। तर उनको अस्पताल नपुग्दै मृत्यु भएको बताइएको छ।

यो सहित नेपालमा कोरोना संक्रमित ५९ जनाको मृत्यु भएको छ। पर्सामा मात्र १३ जनाको मृत्यु भइसकेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ