ओली-प्रचण्ड भेट आजलाई सकियो, भोलि फेरी छलफल हुने

2020-08-03

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफल सकिएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीचको छलफल सकारात्मक भएको बताइएको छ। छलफलमा नेता सुवास नेम्वाङ पनि सहभागी थिए।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने बताएका थिए। तर ओलीले पहिला सचिवालयले टुंगो लगाउनुपर्ने बताउँदै त्यसपछि स्थायी कमिटीमा लैजानुपर्ने धारणा राखेका थिए। ‘पार्टीमा पहिले मोटामोटी सहमति बनाऔं,’ ओलीकाे भनाई उद्धृत गर्दै एक नेताले भने।

अन्य नेताले भने पहिले सहमति गरेर विवादलाई स्थायी कमिटी बैठकमा लैजानुपर्ने बताएका थिए।

नेताहरुबीच जनैपूर्णिमाको शुभकामना आदानप्रदानपछि मंगलबार पुनः बैठक गर्ने सहमति भएको थियो।

बालुवाटार बैठकअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु खनाल र माधवकुमार नेपालबीच खुमलटारमा करिब डेढघण्टा छलफल भएको थियो।

 




थप समाचार


सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।  आजै कांग्रेसका केदार ...

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार ...




ट्रेन्डिङ