नेपालसँगकाे छलफलपछि प्रचण्ड र झलनाथ ओलीलाई भेट्न बालुवाटारमा

2020-08-03

काठमाडाैं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालबीच छलफल भएकाे छ। प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच साेमबार बिहान करिव डेढ घण्टा छलफल भएकाे हाे।

छलफलपछि प्रचण्ड र खनाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्। बालुवाटारमा तीन नेताबीचकाे छलफल जारी छ। बैठकमा अर्का नेता सुवास नेम्बाङ पनि सहभागी छन्।

आजको छलफलबाट पार्टीभित्रको विवाद समाधानका लागि एउटा निष्कर्षमा पुग्ने बताइएको छ। आइतबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र खनालबीच छलफल भएकाे थियाे। आइतबारको छलफल सकारात्मक बनेको बताइएकाे छ।

'छलफल निकै सकारात्मक भएको छ। धेरै समयपश्चात दुई अध्यक्षको बीचमा त्यति हार्दिकतापूर्वक छलफल भयो जस्तो मलाई लाग्छ', छलफलमा सहभागी नेता सुवास नेम्बाङले जानकारी गराए।

गत साउन १३ गते बोलाइएको नेकपा स्थायी कमिटी बैठक निकै तिक्त बनेको थियो। त्यसयता दुई अध्यक्षबीच छलफल हुन सकेकाे थिएन। ओलीले एकलौटी बैठक स्थगित गरिदिएपछि प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरुको बेग्लै बैठक बसेको थियो। बहुमत सदस्यको सोही बैठकले ओलीसँग छलफल गरेर छिटो बैठक राख्ने पहलकदमी गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो।

गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ