पौडेल समूहले बोलायो आफूनिकट केन्द्रीय सदस्यको भेला

2020-07-29

काठमाडाैं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरि केन्द्रीय सदस्यलाई मेसेज आएको पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए।

महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेकोप्रति पौडेल समूह रुष्ट छ। सभापतिको निर्णयप्रति आफ्नो समूहकाे असहमति औपचारिक रूपमा पारित गर्न पौडेल समूहले भेला बोलाएको हो। बैठकमा कार्यकाल सकिएको तरुण दल र साउन १६ मा कार्यकाल सकिने अर्को भातृ संस्था नेपाल विद्यार्थी संघको विषयमा समेत छलफल हुने जनाइएको छ।

संस्थापन पक्षले 'आउट डोर' बाट क्रियाशील सदस्यता वितरण गरेको भन्दै पौडेल पक्षले असहमति राख्दै आएको छ। विधानविपरीत वितरित क्रियाशील सदस्यताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ