ऋण लिने मान्छेको अभाब भएपछी धमाधम ब्याजदर घटाउँदै बैंकहरु

2020-07-27

काठमाडौं - कोभिड-१९ ले कर्जा विस्तार ठप्प हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ। तरलता थुप्रिदा बैंकहरुले ब्याजदर घटेको सूचना सार्वजनिक गरिरहेका छन्। अधिकांश बैंकहरुको आधार ब्याजदर एकल अंकमा झरिसकेको छ। मुद्दति तथा अन्य निक्षेपको ब्याजदर विगत केही महिनादेखि लगातार घटिरहेको छ।

एभरेस्ट बैंकको चैत महिनामा आधार ब्याजदर ८.४३ प्रतिशत थियो। साउन महिनाको लागि उक्त आधार ब्याजदर ८.०५ प्रतिशतमा झरेको छ। बैंकले कर्जा विस्तारका लागि 'फेस्टिभ लोन क्याम्पेन' सुरु गरिसकेको छ। त्यस्तै प्रभु बैंकको चैत महिनामा आधार ब्याजदर ९.९५ प्रतिशत थियो। साउन महिनमा ८.९८ प्रतिशतमा झरिसकेको छ। यसैगरी धेरै बैंकहरुले ब्याजदर घटाइसकेका छन्।

कोभिड-१९ का कारण कर्जा विस्तार नहुँदा बैंकहरुको ब्याजदर घटाउने क्रम जारी छ। तर यस्तो क्रम तीन/चार महिनाभन्दा धेरै नलम्बिने बैंकरहरु बताउँछन्। कोभिडको प्रभाव न्यूनीकरण हुने बित्तिकै बैंकमा कर्जाको माग बढ्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ। 'तत्कालका लागि ब्याजदर घटेपनि केही समयपछि पुनः बढ्दै जान सक्छ,' उनले भने।

बढ्दो तरलता अल्पकालीन भएकोमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको पनि समान तर्क छ। कोभिडको प्रभाव न्यूनीकरण हुने बित्तिकै कर्जा जानेमा कुनै संकोच नभएको उनले बताए।

चैतयता बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। चालु आर्थिक वर्षका लागि जारी भएको मौद्रिक नीतिले पनि बजारमा थप दुई खर्ब ५५ अर्ब रुपैयाँको नयाँ तरलता सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्समा खासै धेरै ठूलो गिरावट आएको देखिएको छैन। यसले पनि तरलता थुप्रिँदै गएको छ। तर कर्जा जाने सक्ने अवस्था अझै छैन।

लक्षित क्षेत्रमा कर्जा प्रवाह नहुँदा घरजग्गा तथा सेयर बजारजस्ता क्षेत्रमा कर्जा प्रवाह हुने र ती क्षेत्रमा अस्वभाविक वृद्धि हुने सिइओ शेरचन बताउँछन्। नेपाल राष्ट्र बैंकले जतिसुकै कडा नियम बनाए पनि एउटा क्षेत्रमा भनेर कर्जा लैजाने र अर्को क्षेत्रमा लगानी हुने बैंक अफ काठमान्डूका अनुसन्धान विभाग प्रमुख रितेश लामिछाने बताउँछन्। यस्तो समयमा अनुत्पादन मुलक क्षेत्रमा कर्जा जाने जोखिम उच्च रहेको लामिछानेको विश्लेषण छ।

अल्पकालीन रुपमा घटेको ब्याजदरले बजारमा बिचौलिया मौलाउने विज्ञहरु बताउँछन्। 'दीर्घकालीन लगानी गर्नेहरुका लागि भन्दा पनि अल्पकालीन लगानी गरेर मुनाफा गर्ने व्यवसायलाई यस्तो अवस्थाले प्रश्रय दिन्छ,' लामिछाने भने, 'सस्तो ब्याजदरमा कर्जा लिने र छोटो अवधिका लागि घरजग्गा खरिदबिक्री गर्ने लगानीकर्ता बढ्छन्। ‍यस्तो अवस्थामा छोटो समयमा बिचौलियाले राम्रो मुनाफा आर्जन गर्छन्, तर दीर्घकालीन लगानी गर्ने उद्यमी भने सधै मर्कामा पर्छन्।'

केही समयका लागि ब्याजदर घटाउने र सस्तिएको ब्याजदरमा कर्जाको माग बढ्न थालेपछि तत्काल बढाउने प्रवृत्तिले बढी मर्कामा दीर्घकालीन ऋणी पर्ने उनको भनाइ छ। नेपालको तरलता खहरे खोला जस्तै हुने गरेको लामिछाने बताउँछन्। 'पैसा आउँदा खहरे खोलाजस्तै गरी आउँछ। तर, विस्तारै लगानी बढ्न थालेपछि नयाँ स्रोत हुँदैन र भएको तरलता खोसाखोस गर्ने अवस्था आउँछ,' लामिछानेको विश्लेषण छ।

बैंकरहरुका अनुसार अझै केही समय बैंकहरुमा कर्जाको माग आउने छैन। यस्तो क्रम कम्तीमा पनि तीन/चार महिना रहन्छ। कोभिड-१९ काे असर कम हुँदै गएपछि विस्तारै लगानी बढ्ने अपेक्षा गरिएकाे छ। लगानी बढ्दै गर्दा बैंकहरू थोरै निक्षेपको ब्याजदर बढाएर कर्जाको ब्याज सबैभन्दा पहिला बढाउँछन्।

यस्तो प्रवृत्तिले लक्षित वर्गमा कर्जा प्रवाह हुनै नसक्ने बताइन्छ। ब्याजदरलाई स्थिर बनाउन सके मात्रै उद्यमीले सहज रुपमा लगानी गर्न सक्छन्। ब्याजदर स्थिर बनाउन बजारमा तरलतालाई पनि स्थिर बनाउनु पर्ने शेचरन बनाउँछन्। यसका लागि सरकारले समयमा विकास खर्च गर्न सक्नुपर्छ। तालिकाअनुसार विकास खर्च हुँदै गएमा बजारमा पैसा सजिलै जान सक्छ। यसले पनि स्थिर राख्न मद्दत गर्छ।




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ