स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा

2020-07-17

काठमाडौं - स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ। लिगमा एक खेल बाँकी छँदै दोस्रो स्थानको बार्सिलोनाभन्दा सात अंकले अघि रहेर रियल मड्रिडले उपाधि जितेको हो।

बिहीबार राति भएको खेलमा रियल मड्रिडले भिलारियललाई २-१ ले हराउँदा बार्सिलोना ओसासुनासँग २-१ गोलले नै पराजित भयो। ३७ खेल सकिँदा रियल मड्रिडको ८६ अंक छ भने बार्सिलोनाको ७९ अंक छ। रियल मड्रिडका लागि दुवै गोल करिम बेन्जेमाले गरे। लिगमा बेन्जेमाको २१ गोल पुगेको छ। ओसासुनाविरूद्ध फ्रिकिक गोल गरेका बार्सिलोना कप्तान मेस्सीको लिगमा २३ गोल छ।

अब अन्तिम खेलमा आइतबार राति रियल मड्रिडले लेगानेससँग साथै बार्सिलोनाले अलाभेससँग खेल्नेछन्। पछिल्लो समय रियल मड्रिडले २०१६–१७ को सिजन लिगको उपाधि जितेको थियो। यो सिजन लिगको उपाधि जितेसँगै रियलले ला लिगाको ३४ उपाधि जितिसकेको छ।

१९२९ मा सुरु भएको ला लिगाको पहिलो उपाधी बार्सिलोनाले जितेको थियो। त्यसयता ९ क्लबले उपाधि जितिसकेका छन्। सिभिल वारले १९३६ देखि ३९ सम्म तीन सिजन रोकिएको बार्सिलोनाले २६ र एथ्लेटिको मड्रिडले १० पटक जितेका छन्।

त्यसबाहेक एथ्लेटिको विल्बाओले ८, भ्यालेन्सियाले ६, रियल सोसिडाडले २ र डिपोर्टिभो ला कोरुना, सेभिया, रियल बेटिसले १–१ पटक लिग उपाधि जितेका छन्। २०१० पछि बार्सिलोनाले ६, रियल मड्रिडले ३ र एथ्लेटिको मड्रिडले १ पटक उपाधि जितेका छन्।

रियल मड्रिडमा प्रशिक्षक जिनेदिने जिदानको यो ११औँ उपाधि हो। २०१६ को जनवरीदेखि २०१८ को मे महिनासम्म र २०१९ मार्चदेखि दोस्रो कार्यकाल परीक्षणमा रहेका जिदानको यो लिगमा भने दोस्रो उपाधि हो। यसअघि २०१६–१७ को उपाधि जित्दा पनि उनी प्रशिक्षक नै थिए।

२०१५–१६, २०१६–१७ र २०१७–१८ मा लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जितेर जिदान सफल प्रशिक्षकको छबी बनाइसकेका थिए। त्यसबाहेक जिदानले आफ्नो प्रशिक्षणमा रियल मड्रिडलाई दुई सुपरकोपा, दुई युइएफए सुपर कप र दुई पटक नै फिफा क्लब विश्वकप जिताइसकेका छन्।




थप समाचार


ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

ज्योति पाण्डेले लिइन् क्रिकेटबाट सन्यास

काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

वर्ल्डकप क्रिकेट : न्युजिल्याण्डले नेदरल्याण्डलाई दियो ३२३ रनको लक्ष्य

काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

एमबाप्पेलाई मैदानमै गएर सान्त्वना दिए फ्रान्सेली राष्ट्रपतिले

फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...




ट्रेन्डिङ